बनारसमा नेपालीको कपाल मुण्डन गरी भिडियो बनाउने भारतीय नागरिक पक्राउ
धनगढी : भारतको बनारसमा जवर्जस्ती नेपालीको कपाल मुण्डन गरेर भिडियो बनाउने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
कपाल मुण्डन गरी भिडियो बनाउने सन्तोष पाण्डेय पक्राउ परेका हुन्। नेपाली युवामाथि ज्यादती तथा दुव्र्यबहार गर्ने हिन्दु स्वयम सेवक संघका अरुण पाठक र अन्य व्यक्तिको पनि खोजी भईरहेको भारतीय प्रहरीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालको पर्सा जिल्लाको ठोरीमा भएको अभिव्यक्ति दिएको बिरोधमा भारतीयहरुले बनारसमा रहेका एक नेपाली युवालाई नियन्त्रणमा लिई उनको जवर्जस्ती कपाल मुण्डन गरेका थिए।