सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममका किसानले मल पाएनन, मौज्दात शून्य

२०७७ असार २, ११:४६ रोशन भट्ट

धनगढी : सुदूरपश्चिममा रोपाई सुरु हुँदा पनि किसानहरुले मल नपाएको गुनासो गरेको छन्। प्रत्यक वर्ष जस्तै यस वर्ष पनि सुदूरपश्चिका किसानहरुले समयमा मल नपाएका हुन्। प्रदेशका अधिकासं स्थानमा रोपाई सुरु भएपनि मल आपूर्तिमा ढिलाई भईरहेको छ। जसकारण उत्पादन घट्ने चिन्ता किसानहरुमा छ।

‘धान रोपेको एक हप्ताकै हाराहारीमा मल हाल्नु पर्ने भएपनि उपलब्ध नहुँदा समस्या भईरहेको छ,’ कैलालीका किसान घुमन रानाले भने, ‘मल नै नभएपछि उत्पादन कसरी बढाउने भन्नेमा चिन्ता लागेको छ।’ कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न सहकारीहरुलाई मल वितरण गरेको भएपनि किसानहरुले भने पाउन मुस्किल भईरहेको गुनासो गरिएको छ।

किसानका समस्या समाधानमा सरकार गम्भिर नबनेको गुनासो कैलालीकै अर्का किसान मेदनु चौधरीको छ। ‘किसानका समस्या समाधानमा सरकार उदासिन बनेको छ’, उनले भने, ‘सरकारकै उदासिनताका कारण मल पाउनका लागि पनि अन्दोलन गर्नु पर्ने अवस्था सिर्जना भएको छ।’

यता प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेडसंग डिएपी मलको मौज्दात शून्य रहको छ। रोपाईको सिजनामा डिएपी नै आवश्यक पर्ने भएपनि मौज्दात भने शुन्य रहेको हो। केही मात्रामा पोटास भएपनि अन्य मलको मौज्दात नरहेको कृषि समाग्री कम्पनी लिमिडेट धनगढीका प्रमुख नवलसिंह वोगटीले बताए।

‘बैशाख र जेठ दुई महिनाको अवधीमा विभिन्न सहकारीलाई २ हजार ५ सय ९० टन युरीया र २ हजार ३ सय टन डिएपी वितरण गरिएको छ’, उनले भने, ‘थप मल आपूर्तिका लागि माग गरेका छौं, भैरहवाबाट केही दिनमा पुग्छ होला।’

प्रदेशकै बढी धान उत्पादन हुने जिल्ला कैलाली र कञ्चनपुरका अधिकासं किसानहरु अहिले दैनिक जसो मलकै लागि दौडधुप गरिरहेको छन्। तीन वटै तहका सरकारलाई आग्रह गर्दापनि मलको सहज आपूर्तिमा कुनै पहल नभएको गुनासो किसानहरुको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस