सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरुमा सडक बनाउने अपरेटरले एक वर्षसम्म पनि पारिश्रमिक पाएनन्

२०७७ वैशाख १७, ०२:४७ रोशन भट्ट

धनगढी :  डडेल्धुरामा सडक निर्माण गर्ने अपरेटरले गत वर्षकै पारिश्रमिक नपाएको गुनासो गरिएको छ। जिल्लाको अजयमेरु गाउँपालिकामा निर्माण गरिएको सडकमा कामगर्ने एकजना अपरेटरले गतवर्षकै पारिश्रमिक नपाएको गुनासो गरेका हुन्।

निर्माण व्यवसायीको तर्फबाट काम गर्ने जेसिबी चालक(अपरेटर) समिर चौधरीले गत आर्थिक वर्ष काम गरेको एक लाख ९० हजार  नपाएको गुनासो गरे। ‘सडक निर्माण गर्दा जेसिबी चलाएको एक लाख ९० हजार दिन बाँकी छ’, उनले भने, ‘१० महिना भइसेको छ, उहाँलाई पटक–पटक गुहार्दा पनि पारिश्रमिक पाएको छैन्।’

गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा नै दोगाड–अजयमेरुकोट–भद्रपुर सडक र पातीहाल्ने–चिपुर–भुल्कुडा सडक निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिएको थियो। तर उपभोक्ता समितिले भने उक्त सडक निर्माणको जिम्मा चतुरमुखी कन्सट्रक्सनलाई दिएको थियो। 

निर्माण व्यवसायीको तर्फबाट काम गरेका अपरेटर चौधरीले पारिश्रमिक पाउन बाँकी रहेको स्विकार निर्माण व्यवसायी मध्येका एक जना भुवन बोहराको छ। ‘उहाँले पैसा पाउन बाँकी छ’, उनले भने, ‘समितिबाटै रकम निकासा नभएका कारण रोकिएको हो।’ 

उता गाउँपालिकाले भने सबै योजनाको काम अनुसार भुक्तानी गरिसेको अध्यक्ष उमेशप्रसाद भट्टले बताए। 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस