सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आपूर्ती व्यवस्था सहज, थप दुई महिना अभाव नहुने

२०७७ वैशाख १२, ११:३८ रोशन भट्ट

धनगढी : कैलालीमा लकडाउनको समयमा समेत आपूर्ती व्यवस्थामा कुनै समस्या देखिएको छैन्। सरकारले कोरोना भाईरस (कोभिड–१९) को थप संक्रमण फैलिन नदिन लकडाउन जारी गरेको ३२ दिन सम्म आपूर्ती व्यवस्थामा कुनै अवरोध सिर्जना नभएको हो।  लकडाउनका बेला जिल्लाको आपूर्ती व्यवस्थामा अवरोध सिर्जना नहुनुलाई सुखद रुपमा लिईएको छ।

वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुनले लकडाउनका बेला दैनिक उपभोग्यका वस्तुको आपूर्तीमा कुनै समस्या नआएको बताए। पुनले कैलालीमा अझै दुई महिना सम्म पुग्ने दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको जनाए। ‘हामीसँग थप दुई महिनाका लागि दैनिक उपभोग्य समाग्रीको मौज्दात छ’, उनले भने, ‘व्यवसायीहरुलाई पनि व्यक्तिगत सुरुक्षाका समाग्रीहरु प्रयोग गरेर काम गर्न आग्रह गरेका छौं।’

केही व्यपारीहरुले मौज्दात समाग्रीको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने गरेको एवंम प्रचलित मूल्य भन्दा बढि असुलेको आरोप भने लागेको छ। तर त्यस्ता धेरै व्यवसायीलाई कारवाहीको दायरमा लिएको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बीहिबार सम्म ४० हजार क्वीन्टल चामल, पाँच हजार क्वीन्टल पिठो, एक लाख ५० हजार क्वीन्टल धान र १६ हजार क्वीन्टल गहुँ मौज्दात छ।

यस्तै बीहिबार सम्मकै तथ्याङ्क अनुसार दुई लाख ७ हजार ७ सय ५० लिटर खाने तेल, १८ हजार क्वीन्टल तोरीको दान, एक लाख ५० हजार क्वीन्टल चिनी र ६ सय ५० क्वीन्टल दाल मौज्दात रहको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै खाद्य संस्थानमा समेत सात सय ६१ क्वीन्टल चामल र २१ सय क्वीन्टल धानको मौज्दात रहको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आपुर्ती व्यवस्थापन समितिका अध्यक्ष मोहनराज जोशीले बताए।

‘जिल्ला भित्र भएको खाद्य समाग्री लगायत गैर खाद्य समाग्रीहरु, दैनिक उपभोग्य र प्रयोगको लागि चाहिन्छ त्यसको सम्पुर्ण विवरण तयार गरेका थियौं’, उनले भने, ‘सोही विवरणका आधारमा हामीले गरेको आकलन अनुसार अहिले सम्म कुनै पनि समाग्री अभाव हुने अवस्था रहेन भने आगामी दिनमा पनि दैनिक उपभोग्य समाग्रीको अभाव हुने अवस्था छैन्।’

जिल्ला प्रशासन कार्यालयकै अनुसार साल ट्रेडिङ कर्पोरेसनमा समेत एक लाख २१ हजार एक सय ८२ क्वीन्टल नुन र ५० किलोको ४ सय वोरा चिनी मौज्दात रहेको छ। कैलालीमा पेट्रोलियम पदार्थको पनि मौज्दात पर्याप्त रहको प्रशासनले जनाएको छ। जिल्लामा एक लाख ३० हजार लिटर डिजल र पेट्रोल ७० हजार लिटर रहेको छ।

यता खाना पकाउने एलपी ग्यासको माग न्यून मात्रामा हुन थालेपछि मौज्दात बढी भएको प्रशासनले जनाएको छ। दैनिक उपभोग्य वस्तुको मौज्दात दुई महिनाको लागि भएपनि उपभोक्ताले समाग्री खरिद गर्ने पसलहरुमा भने अभाव सिर्जना भएको छ। त्यसकारण पनि नियमित बजार अनुगमन गरी बदमासी गर्नेहरुलाई कानुनी कारवाही गर्ने वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुनले बताए।

‘कुनै व्यवसायीले मूल्य बढी लिने उद्देश्यले अभाव देखाएपछि निगरानीमा राखेर कारवाहीको दायरामा ल्याउँछौँ’, उनले भने, ‘होलसेल व्यवसायीहरुलाई पनि भएको मौज्दात प्रत्येक खुद्रा पसलहरुलाई उपलब्ध गराउन अनुरोध गर्दछु।’   

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस