सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्राथमिकताका आधारमा राहत वितरण नभएको गुनासो

२०७७ वैशाख ८, १२:०१ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाको वडा नम्बर २ सरस्वातीनगरकी स्थानीय गौरी सुनारले आफ्नै घरमा सानो नास्ता पसल सञ्चालन गर्दै आएकी थिईन्। श्रीमान श्रमती दुवै जनाले सञ्चालन गर्दै आएको नास्ता पसलबाट ८ जनाको परिवारलाई साँझ विहानको छाक टार्न सजिलै भएको थियो। तर सरकारले चैत्र ११ गते देखि देशमा लकडाउनको घोषणा गरेसंगै नास्ता पसल बन्द छ।

एक महिना सम्म पुग्ने खाद्यान्न भएपनि सकिएपछि अहिले समस्या भोग्नुपरेको उनले बताईन्। हाम्रै वडामा पनि कतिपयले रहात पाएका छन्’, उनले भनिन्, ‘अहिले साँझ विहान छाक टार्न मुस्कील भईरहेको छ तर राहत पाएको छैन्।’ सरस्वती नगरकै धर्मादेवी कामीका श्रीमानले पनि घरमै आरन व्यवसयाय गरी ५ जनाको परिवारको पालन पोषण गर्दै आएका थिए। तर लकडाउनपछि उनको व्यवसाय पनि बन्द छ।

अन्य आय स्रोत नभएका कारण अहिले दैनिकी चलाउन निकै सास्ती भईरहेको कामीको भनाई छ। स्थानीय सरकारले समस्यामा परेकाहरुलाई खाद्यान्न उपलब्ध गराएको दावी गर्दै आएको छ। तर आफुले अहिले सम्म कुनै राहत नपाएको गुनासो उनको छ। ‘खानलाई नुन तेल छैन् चामल पनि सकिएको छ’, उनले भनिन्, ‘आफर पनि बन्द भएपछि पसलेहरुले उधारो दिन पनि बन्द गरे।’

वडा नम्बर २ सरस्वाती नगरकै स्थानीय डम्मरी थापाको परिवार पनि दैनिक ज्याला मजदुरी गरेरै जिवीको पार्जन गर्दै आएको छ। तर लकडाउनका कारण दैनिक ज्याला मजदुरीबाट वञ्चित भएपछि दैनिक चलाउन समस्या भईरहेको गुनासो उनको छ। सोही टोलका स्थानीयका अनुसार हुने खाने तथा जनप्रतिनिधीकै नजिककाहरुले समेत राहत समाग्री पाएको गुनासो गरेका छन्।

तर विपन्न परिवार तथा कोठा भाडामा वस्ने र दैनिक ज्याला मजदुरी गरि खानेहरुलाई वेवास्ता गरिएको छ। सरस्वातीनगर टोल संगै चौधरी टोल लगायतका वस्तीहरुमा राहत वितरण गर्न स्थानीय सरकार उदासिन बनेको छ। धनगढी उप–महानगरपालिकाले विपन्न तथा लकडाउनका कारण समस्यामा परेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गर्नु पर्ने माग गरिएको छ।

तर वडा कार्यालयले भने समस्यामा परेकाहरुको वेवास्ता गरी आफ्ना मतदातालाई पहिलो प्रथमिकतामा राखेर राहत समाग्री वितरण गरेका आरोप लागेको छ। तर वडा नम्बर २ का वडा अध्यक्ष नरबहादुर बमले भने ‘पहिला हामीले एकल महिला र बढी समस्यामा परेकाहरुलाई खाद्यान्न वितरण गरेका छाँै, प्रदेश सरकारसंग बजेट माग गरिएकाले अन्यलाई पनि वितरण गर्ने तयारी भईरहेको छ।’ ‘मतदातालाई मात्र वितरण ग¥यो भन्ने आरोप लागत हो।’ उनले भने।

वडा नम्बर दुईमा मात्र हाल सम्म ६ सय भन्दा बढी परिवारलाई राहत वितरण गरिएको तथ्याङ्क उप–महानगरपालिका संग छ। स्थानीय जनप्रतिनिधी, नागरिक समाज, टोल विकास समित लगातय सरोकारवालाहरुको सहभागितामा राहत पाउनेको नामावाली तयारी पारिएको दावी उप–महानगरपालिकाको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस