सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अलपत्र नेपालीलाई सुदूरपश्चिमेली नेपाली समाजको राहत

२०७७ वैशाख ४, ०३:३८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमेली नेपाली समाजले भारतमा अलपत्र नेपालीलाई सहयोग अभियानलाई तिव्रता दिएको छ। समाजले बुधबार मात्रै डोटी सायल गाउँपालिका– ४ डौड घरभई भारतको चेन्नईमा बस्दै आएका कृष्ण नागरीलाई खाद्यान्न सहयोग गरेको छ। 

लकडाउनका कारण कृष्णको परिवारलाई समस्या भएको भन्दै सुदूरपश्चिमेली नेपाली समाज भारत दक्षिण संयोजक एमबी साउँद र राज्य सदस्य इन्द्र रोकायाले उनको परिवारलाई भेटेर खाद्यान्न हस्तान्तरण गरेका हुन। 

त्यस्तै सोही दिन रोजागारीको शिलशिलामा चेन्नईमै बस्दै आएका डडेल्धुरा र डोटीका ६ जना युवालाई समेत सुदूरपश्चिमेली नेपाली समाजले सहयोग गरेको छ। २ महिनादेखि तलब नपाएकाले खान समस्या भएको भन्दै उनीहरुलाई राहतस्वरुप २ हजार बराबरको खाद्यान्न सहयोग गरेको समाजका तमिलनाडु राज्यसमितिले जानकारी दिएकाे छ।

कमेन्ट लोड गर्नुस