सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट झन्डै ४ लाखका सामान बरामद

२०८१ माघ १०, १०:१८ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट झन्डै ४ लाखका सामान बरामद गरिएको छ।

दुबै जिल्लाको विभिन्न स्थानबाट ३ लाख ९२ हजार ६९० बराबरको भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो। कैलालीको धनगढी–२ ट्राफिक चौराह, भजनी–६ नवलपुर र भजनी–८ काडा पुलबाट १ लाख  ३८ हजार ७४० मूल्य बराबरको सामान बरामद गरिएको हो। प्याज, बदाम, मोटरसाईकलको प्लक, केक पाउडर, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर र बेलौरी नगरपालिका–१ भैसोडीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५३ हजार ९५० बराबरको माछा, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।     

कमेन्ट लोड गर्नुस