सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभाका समितिहरूको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन

२०८१ माघ ६, ०५:४५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिइएको छ।

आइतवारको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा सचिवालयका सचिवलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका हुन। प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिको पद रिक्त छ। सभापतिको निर्वाचन घोषणा गरिए पनि दलहरूबिच सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो। सभामुख भण्डारीले स्थगित निर्वाचन प्रक्रिया सुचारु हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका हुन।

विशेष समयमा नेपाली काँग्रेसका मुख्य सचेतक विक्रमसिंह धामी, नेकपा (एमाले) को संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका मुख्य सचेतक रामेश्वर चौधरीले प्रदेश सभामा सम्बोधन गरेका छन्। नेकपा (एकीकृत समाजवादी)को दलका नेता प्रकाश रावल, राप्रपाको दलका नेता खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशीले समेत सम्बोधन गरेका थिए।

 

कमेन्ट लोड गर्नुस