धनगढीमा व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम
धनगढीः व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम दिइएको छ।
युवा उद्यमी मञ्च कैलालीको आयोजनामा धनगढीमा युवा उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि तालिम दिइएको हो। अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मान्सी अग्रवालले युवा व्यवसायीलाई प्रशिक्षण दिएकी छन्। तालिममा नेटवर्किङ, ब्रान्डीङ लगायतका बिषयमा प्रशिक्षण गराइएको छ। तालिममा एक सयभन्दा बढीको सहभागीता रहेको थियो।
युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष एवं इन्जिनियर तर्कराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए। युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ विशिष्ठ अतिथि थिए।