झापामा वृद्धाको हत्या गर्ने दुईजना पक्राउ
झापाः झापामा वृद्धाको हत्या गर्ने दुईजना पक्राउ परेका छन्।
चापाकलको ह्याण्डिल र फरुवा प्रहार गरी झापा गाउँपालिका–६ स्थित पुष्पाञ्जली टोलकी ८१ वर्षीया फूलमणि सोरेनको हत्या आरोपमा झापा गाउँपालिका– ७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
उनीहरू वृद्धा सोरेनका हत्या गरी शवलाई गाईबस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेर फरार भएका थिए। घरका अन्य सदस्य मकै रोप्न गएका बेला सोरेनको हत्या गरिएको थियो। शव शनिबार दिउँसो साढे ४ बजे फेला परेको परेको थियो। घरमा चोरी गर्न उद्देश्यले पुगेका उनीहरुले वृद्धाको टाउको र चिउँडोमा कलको ह्याण्डिल र फरुवा प्रहार गरी हत्या गरिएको डीएसपी चन्दले बताए।
घटनापछि नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट आएको कुकुरसहितको प्रहरी टोलीको सहयोगमा अनुसन्धान गर्दा उनीहरू झापा गाउँपालिका–७ मदरगाछबाट हिजै पक्राउ परेका थिए । प्रहरीले उनीहरूको साथबाट वृद्धाबाट लुटिएको एउटा मोबाइल र साइकलसहित हत्यामा प्रयोग गरिएको कलको ह्याण्डिल र फरुवा समेत बरामद गरिएको डीएसपी चन्दको भनाइ छ।