दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्धको महाभियोग प्रस्ताव असफल
एजेन्सीः दक्षिण कोरियाको संसदमा शनिवार राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोग प्रस्ताव असफल भएको छ।
सत्तारुढ जनशक्ति पार्टी (पीपीपी) ले मतदान बहिष्कार गरेपछि प्रस्ताव असफल भएको थियो। राष्ट्रपति सुक–योलले गत साता मार्शल ल लागू गरेका थिए। प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टी र केही अन्य साना दलहरूलाई राष्ट्रपतिलाई महाभियोग प्रस्ताव दर्ता गरेका थिए। नेशनल एसेम्बलीले राष्ट्रपतिको आदेशलाई उल्टाएर उनको मन्त्रिपरिषद्लाई उठाउन बाध्य बनाएको थियो।