सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–२० च्याम्पियनसिपको पहिलो हाफमा श्रीलंकाविरूद्ध नेपालको अग्रता

२०८१ भदौ २, ०४:४२ खबर संवाददाता

काठमाडौँः साफ यू–२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गरेका छन्।

पहिलो हाफको खेल सकिदा नेपालले अग्रता लिएको छ। नेपालका लागि निराजन धामीले २४ मिनेटमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा नेपाल खेलमा हाबी भयो। तर नेपाली फरवार्ड फिनिसिङमा भने चुके।

साफ यू–२० च्याम्पियनसिपका म्याच कमिसनरले दशरथ रंगशालाको मैदानलाई अयोग्य घोषित हुने बताएसँगै प्रतियोगिता एन्फा कम्प्लेक्स सरेको हो। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।
 

कमेन्ट लोड गर्नुस