सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राठी इन्टरप्राइजेजले सञ्चालनमा ल्यायो  कजरिया ग्यालेक्सी 

२०८१ भदौ १, ०७:०२ खबर संवाददाता

धनगढीः राठी इन्टरप्राइजेजले धनगढीमा कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याएको छ। कजरिया ग्यालेक्सीकोे शनिवार बिहान उद्घाटन गरिएको हो। 

राठी इन्टरप्राइजेज सञ्चालनमा आएको ५१ वर्ष पूरा भएको अवसरमा भारतीय उत्पादन काजरिया ग्यालेक्सीको धनगढीमा स्वरुम उद्घाटन गरिएको छ। धनगढीको मुख्य सडक कालो पुल नजिक रहेको राठीको कजरिया ग्यालेक्सको सुविधा सम्पन्न भवन भित्र टायल, रड किचन, बाथरुमका साग्रीहरुले सजाएर राखिएका छन्। कजरिया ग्यालेक्सीको डाईरेक्टर हिमान्सु अग्रवाल प्रमुख अतिथि रहेका थिए। कजरिया ग्यालेक्सीको सञ्चालनमा आउने लागेको भवन दुई हजार सात सय ८० बर्गमिटरमा निर्माण भएको छ।

राठीले निकट भविष्यमा कैलालीको अत्तरियामा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ। राठी ईन्टरप्राईजेजको सुदूरपश्चिमको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुगाएको छ। राठी इन्टरप्राइजेज कैलालीमा सरकारलाई सबै भन्दा बढी राजस्व बुझाउने संस्था समेत हो।  

कमेन्ट लोड गर्नुस