सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य

२०८१ साउन ६, ०९:०१ खबर संवाददाता

एसीसी महिला एसिया कपमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको दाम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १०८ रन बनाएको हो। न

पालका लागि कविता जोशी ३१ रनमा अविजित रहिन्। सीता राना मगरले २६, पुजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे। रुबिना क्षेत्री ८, सम्झाना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दु बर्मा भने शून्यमा आउट भइन। पाकिस्तानका लागि सादिया इक्बालले २ तथा फातिमा सानाले १ विकेट लिए।

कमेन्ट लोड गर्नुस