सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा ३४ किसानलाई हाते ट्याक्टर वितरण

२०८१ असार ३०, ०६:०२ खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिका–८ नम्बर र ९ नम्बर वडाका किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ।

कृषि ज्ञान केन्द्रको बृहत कृषि उत्पादन कार्यक्रम अन्तर्गत आइतवार किसानहरुलाई ३४ ओटा हाते ट्याक्टर वितरण गरिएको हो।

कृषि समूहमा आवद्ध महिलाहरुको मागका आधारमा पाटन नगरपालिका–८ का २५ जना र वडा नम्बर–९ का ९ जना गरी ३४ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको बृहत कृषि उत्पादन कार्यक्रमका अध्यक्ष गगन सिंह बिष्टले बताए। कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो।

महिला कृषि समूहमा आवद्ध महिलाले अनुदानमा हाते ट्याक्टर प्राप्त गरेपछि कम समयमा धेरै काम गर्न सकिने बताएका छन्। गोरु पालिरहनु नपर्ने र कम जनशक्ति र थोरै समयमा धेरै काम गर्न सकिने भएकाले सहज हुने ओखेलेश्वर बहुउद्धेशिय महिला कृषि समूहकी अध्यक्ष बिमला बिष्टले बताइन्।

युवा जनशक्ति नहुँदा खेतीपातिको काम गर्दा सहज हुने भएकाले हाते ट्याक्टर प्रयोग गर्ने किसानहरुको आर्कषण बढेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए। 

कमेन्ट लोड गर्नुस