डडेल्धुरामा सर्पले डसेर एक बालिका घाइते
२०८१ असार १९, १०:३८
डडेल्धुराः डडेल्धुरामा सर्पले डसेर एक बालिका घाइते भएकी छन्।
जिल्लाको आलिताल गाउँपालिका–५ डोलभावर की १४ वर्षीया एक बालिका सर्पले डसेर घाइते भएकी छन्।
उनलाई विद्यालय जानेक्रममा सर्पले डसेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। बलिकाको परीचय भने खुलेको छैन, उनको धनगढीमा उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस