डडेल्धुराबाट भन्सार छलीका सामान बरामद
२०८१ जेठ ३०, ०८:२२
डडेल्धुराः डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिको छ।
परशुराम नगरपालिका-९ कुयापानीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २२ हजार ९ सय मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको बिडी, सुर्ती, स्याम्पु, जिरा, मिक्चर, पास्ता, छाता लगायतका सामान अस्थायी प्रहरी पोष्ट गाईबाँधे, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस