सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्नाटकमा बैतडीका दाजुबहिनीको शङ्कास्पद मृत्यु

२०८१ जेठ ८, ०२:४० खबर संवाददाता

धनगढीः बैतडीको पुरचौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ।

बुबा–आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको भन्ने खबर प्राप्त भएको पुरचौडी नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दीलबहादुर धानुकले बताए।

बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए। मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस