बैतडीमा रुखबाट लडेर बालिका घाइते
बैतडीः बैतडीमा रुखबाट लडेर एक बालिका घाइते भएकी छन्।
घाइते हुनेमा पुर्चौैडी नगरपालिका–८ की १४ वर्षीया गिता धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता नन्नराज जोशीले जानकारी दिए।
धामी घर नजिकै रहेको काफलको रुखबाट बुधवार लडेर घाइते भएकी हुन्। जिल्ला अस्पताल डडेल्धुरामा सामान्य उपचारपछि धामीलाई थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढीमा ल्याई उपचार भइरहेको प्रहरीले बताएको छ।