सुदूर नेपाललाई विश्वसँग जोड्दै

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने

२०८० असोज १२, ०७:२१ खबर संवाददाता

काठमाडौंः नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने भएको छ। राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ। 

गतवर्षजस्तै यस वर्ष पनि दसैँ, तिहार, छठजस्ता पर्वका लागि कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान हुने उनले बताए। गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रुपियाँसम्मका नयाँ नोट साट्न पाउनेछन्।

पाँचदेखि एकसय रुपियाँसम्मको एक–एक वटा बन्डल हो। बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गरिने छ ।
 

कमेन्ट लोड गर्नुस