सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा मजदुरी गर्दै आएका अछामका साउँदको हत्या, एक जना नियन्त्रणमा   

। फोटो स्रोत ।
२०८० जेठ २८, ०९:१४ खबर संवाददाता

अछामः अछामको चौरपाटी गाउँपालिका–१ का झुसे साउँदको भारतमा हत्या भएको छ। भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका साउँदको पञ्जाबको लुधियानामा हत्या भएको हो। केही दिनदेखि वेपत्ता भएका साउँदको ५ दिनपछि हत्या गरिएको अवस्थामा शव भेटिएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार पञ्जाव प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिकाकै वडा नम्बर–३ का एक जनालाई नियन्त्रणमा लिएको छ। आफ्न्तले हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। उनको के कारणले हत्या गरिएको हो भन्ने खुलेको छैन्। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ। 
 

कमेन्ट लोड गर्नुस