सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका पहिरो पीडितलाई सहयोग

२०७९ असोज १६, १०:५२ खबर संवाददाता

धनगढीः अछामका पहिरो पीडितलाई सहयोग गरिएको छ। जिल्लाको कमल बजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकाका ५० पहिरो पीडित परिवारलाई खाद्य सामाग्री तथा आर्थिक सहयोग गरिएको हो।

जिल्लाका पहिरो पीडितका लागि प्रवासमा रहेका नेपालीहरुबाट संकलन गरिएको पाँच लाख रकमबाट चामल, तेल, नुन, लत्ताकपडा तथा कम्बल विरतण गरिएको कैलालीका युवा कर साउँदले बताए।

पहिरो पीडितको घरमै पुगेर राहत सामाग्री विरतणका लागि कैलालीको गौरीगंगा नगरपालिकाले इन्धन सहयोग गरेको थियो। पहिरो पीडितलाई आर्थिक सहयोगसमेत गरिएको छ।

कमेन्ट लोड गर्नुस