सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका पहिरो पीडितलाई एमालेको सहयोग  

२०७९ असोज १६, १०:२१ खबर संवाददाता

धनगढी: अछामका पहिरोपीडितलाई एमालेले सहयोग गरेको छ। शनिबार जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा रहेका पहिरोपिडितहरुलाई राहात वितरण गर्दै पार्टीले तत्काल पुनः निर्माण गर्नुपर्ने घरहरु निर्माण गर्न सहयोग गर्ने भएको हो।

शनिबार पार्टीले कमलबजार नगरपालिका वडा नम्बर ६ का घर गुमाएका ईन्द्र कामी र नम कामीलाई ५० हजारका दरले १ लाख रकम हस्तान्तरण गरेको थियो। कमलबजार नगरपालिका वडा न ८ का मृतक गम्भिर दमाईका बुवा गोपाले दमाईलाई घर पुन निर्माणका लागि ५० हजार हस्तान्तरण गरिएको छ। 

यस्तै तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ नाडाका मृतकका आफन्तलाई पनि राहात वितरण गरिएको छ। आमा बुवा र बहिनी गुमाएका रुपेन्द्र शाहीलाई ५० हजार हस्तान्तरण गरिएको छ भने आफन्त गुमाएका रिठे शाहीलाई पनि ५० हजार हस्तान्तरण गरिएको पार्टी सचिव भिमबहादुर रावलले बताए।

नेकपा एमाले अछामले पार्टीका विभिन्न संगठनमा अवद्ध नेता तथा कार्यकर्ताहरु संकलन गरेको ४ लाख २० हजार ५०० रुपैया जिल्लाका ३ वटै पालिकामा रहेका पहिरोपीडितहरुलाई राहात हस्तान्तरण गरेको उनले बताए। 

कमेन्ट लोड गर्नुस