सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

२०७९ जेठ २८, ०६:२३ खबर संवाददाता

काठमाडौँः पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाकोे शव समुद्रमा भेटिएको छ। करिब दुई महिनाअघिदेखि नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवाल बेपत्ता रहेका थिए। उनको शव समुद्रमा भेटिएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिएका छन्। 

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गएको अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए। प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बननजिकै पर्ने पासो डी आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको अधिकारीले बताए। उनको शव कासकाइसस्थित अस्पतलाको शवगृहमा राखिएको छ।

सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए। गएको अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए। 
 

कमेन्ट लोड गर्नुस