सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय

फाइल फोटो
फाइल फोटो
२०७८ पुष २२, ०९:०० खबर संवाददाता

काठमाण्डौः सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट जीटुजी अर्थात सरकार–सरकार मार्फत मल खरिद गर्ने निर्णय गरेको हो।

रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ।

पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता हुनेछ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ। भारतसँग जीटुटीमार्फत मल खरिद गर्न विगत तीन वर्षदेखि पहल भइरहेको थियो। मल अभाव हुँदा किसानले हरेक वर्ष सास्ती खेप्दै आएका छन्।

यसपालि धानका लागि मल अभाव नभए पनि गहुँ तथा आलुबालीमा आवश्यक पर्ने मल अभाव छ। 

कमेन्ट लोड गर्नुस