सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरी दिवस कैलालीमा पनि मनाइयो

२०८१ माघ ९, ०८:३६ खबर संवाददाता

धनगढी : कैलालीमा पनि सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४औँ स्थापना दिवस मनाएको छ ।

कैलालीको वनबेहडामा रहेको बडीमालिका जवान तालिम शिक्षालय र सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्भ गण हेडक्बाटरले आज संयुक्त रूपमा आफ्नो स्थापना दिवस मनाएको हो।

बडीमालिका जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णराज पाठक र सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्भ गण हेडक्बाटर बनबेहडाका सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको छ।

दिवसको अवसरमा भलिबल, टेबुल टेनिस, ब्याटम्यान्टन लगायत विभिन्न खेलमा उत्कृष्ट खेलाडिहरूलाई मेडल र प्रमाणपत्र समेत दिइएको थियो।

यस्तै दिवसकै अवसरमा ७ नं. बाहिनी अत्तरियाको ९ वटा जिल्ला मध्ये सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजारालाई सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालबाट तीन पुस्ते रेकर्डमा जनिने गरि प्रसशां पत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ।

यस्तै विभिन्न कार्य क्षेत्रबाट उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई सम्मान सहित प्रसंशापत्र प्रदान गरिएको थियो।

मुलुकमा चरम द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई गतिलो रूपमा उपस्थित गराउन सफल भएको छ।

सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र सङ्घर्ष, पृथक्तावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षालगायत जिम्मेवारी दिएको छ।

 

कमेन्ट लोड गर्नुस