छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि ठूलो विवाद
धनगढीः दक्षिणी भारतीय राज्य केरलास्थित एक सरकारी विद्यालयमा किशोरावस्थाका छात्राहरुलाई पाइन्ट लगाउन दिने अनुमति दिइएको कारण ठूलो विवाद सिर्जना भएको छ। बीबीसीका पत्रकारद्वय दिल्लीका गिता पान्डे र केरलाका असरफ पदान्नाले यस विवादास्पद पोशाककाबारे यस्तो बताएका छन्।
बुधवार बिहान आफ्नो नयाँ पोशाक लगाएर बस स्टपमा बिद्यालय जान बस कुरेर बसेकी श्रींगी सिकेलाई हेर्दै एक अज्ञात महिलाले गरेको टिप्पणीले आफुलाई विशेष महशुस भएको उनले बताएकी छन्। बालुस्सेरी स्थित गवर्मेन्ट गल्र्स हाइयर सेकन्डरी स्कूलमा एघार कक्षमा अध्ययनरत सत्र वर्षीया सिकेले बीबीसीसँग भनेकी छन् , “ति महिलाले मलाई निकै स्मार्ट देखिएको बताउँदा मलाई गौरव लाग्यो।” तर श्रींगी बिद्यालयमा पुग्दा उनले त्यहाँ केटीहरुले केटाहरुले जस्तै कमिज र पाइन्ट लगाउन पाँइदैनन् भन्दै नयाँ पोशाकको विरोध गरिरहेका प्रदर्शनकारीहरुको भिड देखिन्। तिनीहरुलाई नियन्त्रणमा राख्न प्रहरी समेत पुगिसकेको थियो। प्रदर्शनकारीहरुको माग तिनीहरुलाई परम्परागत खुकुलो पाइन्ट, परम्परागत लामो कुर्ता र वेस्टकोट लगाउनु दिनुपर्ने रहेको छ।
विद्यालयका प्रिन्सिपल इन्दु आरले अहिले १२ कक्षमा पुगेका छात्राहरुले गतवर्ष आफुहरुलाई पनि पुरुषको जस्तै पोशाक लगाउन अनुमति दिन अनुरोध गरेको बीबीसीलाई बताएकी छन्। इन्दु भन्छिन्, “मलाई तिनीहरुको प्रस्ताव मनासिवै लाग्यो। हाम्रा ति छात्राहरु पनि विद्यालय बाहिर विश्वका अन्य स्थानका किशोरीहरुले जस्तै जिन्स र टप नै लगाउँछन्। केरलाको उष्ण मौसमका लागि वेस्टकोट उपयुक्त छैन। त्यसैले शैक्षिक, कर्मचारी एवं अभिभावकहरुसँगको सरसल्लाह पछि नै हामीले यि पोशाकका लागि अनुमति दिएका थियौं। हुन त केहि थोरै अभिभावकले भने आपत्ति जनाएका थिए।”