मलेसियामा लुटपाट गरेको आरोपमा ९ नेपालीसहित ३१ जना पक्राउ
काठमाडौं: मलेसियामा बाढीको आपतकालीन अवस्थामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ परेका छन्। यसै हप्ता आएको बाढीका बेला स्थशाहआलमको तमनश्री मुडामा रहेको सुपरमार्केट तोडफोड भएको थियोे। त्यसमा संलग्न रहेको आशंकामा ९ नेपाली सहित ३१ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा १० जना इन्डोनेसियाली, ९ जना नेपाली, ७ जना बंगलादेशी र पाँच म्यानमारका नागरिक छन्। उनीहरूलाई मलेसियाको दण्डसंहिताको धारा ४५७ अन्तर्गत मुद्दा चलाउन अनुसन्धान भइरहेको बताइएको छ।