ग्रीसमा ज्यान गुमाएका कैलालीका १ सहित ४ जनाको सनाखत
![फाइल फोटो](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/Death-body-900px_3.jpg?itok=RrWkJztl)
काठमाडौं: ग्रीसमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका ४ जना नेपालीको परिचय खुलेको छ। गत मंसिरको पहिलो साता गैर–कानूनी रुपमा टर्की हुँदै ग्रीस प्रवेश गर्ने क्रममा गाडी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको थियो।
ज्यान गुमाउनेहरुमा कैलालीको गौरीगंगा नगरपालिका–४ का लक्ष्मण सापकोटा, भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले रहेका छन्।
दुर्घटना पश्चात ग्रीस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मा मृतकको फोटो राखेको थियो। उक्त दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको बताइएको छ।
![add](http://68.183.180.214/dineshkhabar/sites/default/files/1736663280234.jpg)
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)