बैतडीका एक युवकको भारतमा मृत्यु
२०७८ पुष ५, ०४:२६
बैतडीः रोजगारीको सिलसिलामा आफ्ना आमा बुवासंगै भारतको बेंगलोरमै बस्दै आएका एक युवाको मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका ६ लामाखेत, पटौटीका २० बर्षीय सौरभ विकको मृत्यु भएको हो।
मृगौलामा समस्या आएपछि उपचार गराउँदै आएका विकको आज मृत्यु भएको उनका आफन्त हरिराम पार्कीले बताए। मृतक विक बेंगलोरमै एक कलेजमा काम गर्दै आएका थिए।
कमेन्ट लोड गर्नुस