कैलाली घर बताउने महिलाको भारतमा लुट धन्दा
धनगढी: कैलाली घर बताउने एक महिलाले बिहेको नाटक गरी सम्पत्ति लगेर भाग्ने गरेको एक पीडितले बताएका छन्। आफ्नो नाम रोशनी कुमारी बताउने ती महिलाले भारतको ब्याङ्गलोरमा केटाहरूलाई बिहेको नाटक गर्दै लुट्ने गरेको बताइएको छ।
कोरोना महामारीका बेला जारी पहिलो लकडाउनमा कञ्चनपुरका गोपाल ठगुन्नासँग बिहे गरेर ४ महिनापछि नगद तथा गरगहना लगेर फरार भएको उनका भिनाजु आभिनाश कडायतले बताए। यस्तै आफूसँग पनि घरमा बुबा बिरामी छन् भन्दै २० हजार नगदसहित एक तिलहरी मागेको कडायतले बताए।
उनले यसअघि पनि ती महिलाले ४ जनासँग बिहेको नाटक गर्दै नगद तथा गरगहना लगेर बेपत्ता भएको बताएका छन्। उनले उक्त विषयमा प्रहरीमा उजुरी समेत दिने बताए।