सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित

२०७८ साउन १७, ०६:०६ खबर संवाददाता

काठमाडौं: एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा नन्द गुरुङ सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा विजयी भएका छन्। उनले ८ हजार ५ सय ८३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन्।

त्यसैगरी राष्ट्रिय समन्वय समितिको महासचिवमा राजुबाबु अधिकारी, सचिवमा सन्ध्या (सविता) शाह, कोषाध्यक्षमा अनिल पोखरेल (निर्विरोध) र संयुक्त कोषाध्यक्षमा राजकुमार नगरकोटी विजयी भएका छन्।

युवा संयोजकमा बबिन मिश्र तथा युवा उपसंयोजकमा चन्द्रप्रसाद तिवारी (निर्विरोध) निर्वाचित भएका छन् भने साथै महिला संयोजकमा मञ्जु खड्का निर्वाचित भएकी छन्।

निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरूमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, सूर्य आचार्य, परेशराज घिमिरे, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल र नवीन भण्डारी निर्वाचित भएका छन्।

कमेन्ट लोड गर्नुस