भारतमा कामबाट निकालीएका सुदूरपश्चिमको एक परिवारको उद्दार
भारतमा कामबाट निकालीएका सुदूरपश्चिमको एक परिवारको उद्दार गरिएको छ। भारतको बेङ्लुरुमा काम गर्दै आएका बैतडीको पुर्चाैडी नगरपालिका मल्लादेउ जोशी गाउँ घर भएका ललित लुहारको तीन जनाको परिवारको उद्दार गरिएको हो। उनीहरुलाई कामबाट निकालीएको थियो।
नेपाल आउनका लागि रकम समेत नभएपछि लोकेन्द्र साउँद र जेनेसोर जोशीले उनीहरुको बस भाडा सहयाेग गरेका हुन्। उललित लुहार र उनकी श्रीमतीको छ/छ हजार बस भाडा लिइएको छ भने छोरा सन्देशको तीन हजार बसले भाडा लिएको जनाइएको छ।
उनीहरुलाई बसले गौरीफन्टा सीमा क्षेत्रसम्म ल्याउने साउँदले जानकारी दिए। साउँद र जोशी भारतमा समस्यामा रहेका पीडितहरुलाई सहयोग गर्दै आएका छन्।