बनारसमा मुण्डन गरिएका व्यक्ति भारतीय नागरिक, पैसा लिएर अभिनय गरेको खुलासा
भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुव्यर्वहार गरेका भनिएको व्यक्ति नेपाली नभइ भारतीय भएको खुलासा भएको छ।
उनी भारतीय नागरिक भएको र पैसा लिएर अभिनय गरेको बाराणसी प्रहरीले जनाएको छ। भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो। अनुसन्धानपछि प्रहरीले भनेको छ, ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन्। उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन्।’ उनले भिडियो बनाए वापत एक हजार रुपैयाँ लिएको पाइएको प्रहरीले बताएको छ।
अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो।