सुदूर नेपाललाई विश्वसँग जोड्दै

बनारसमा नेपालीको केस मुण्डन गर्दै दुर्व्यवहार

२०७७ साउन २, ०३:२९ खबर संवाददाता

काठमाडौंः भारतको बनारसमा नेपालीको केस मुण्डन गर्दै दुर्व्यवहार गरिएको छ। विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्दै टाउकोमा श्रीराम लेखेर दुर्व्यवहार गरेका हुन्।

उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाउन समेत दबाब दिएका छन्। उक्त घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गरेको छ।

भारतीय प्रहरीले सोही घटनालाई लिएर विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकमाथि अनुसन्धान थालेको छ।
 

कमेन्ट लोड गर्नुस