सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा परीक्षण बढाउन स्थापना गरिने प्रयोगशालाका लागि संरचना तयार भएन

२०७७ जेठ २९, ०८:४६ रोशन भट्ट

धनगढी : सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढाउन उपकरण खरिदको प्रक्रिया सुरु भएपनि प्रयोगशाला स्थापना गर्न आवश्यक पर्ने संरचना तयार गर्न भने वेवास्ता गरिएको छ। प्रदेशको समाजिक विकास मन्त्रालय सहित विभिन्न स्थानीय तहले समेत उपकरण खरिदको प्रक्रिया सुरु गरेपनि प्रयोगशाला स्थापना गर्नका लागि आवश्यक पर्ने संरचना निर्माण गर्न ढिलाई भईरहेको छ।

उक्त प्रयोगशाला संञ्चालनका प्रदेशका अधिकासं अस्पतालहरुले समेत तयारी सुरु गरेका छैनन्। जसका कारण उपकरण खरिद भएपनि थन्काउनु पर्ने बाध्यता सिर्जना हुन सक्ने देखिएको छ। तर पनि प्रदेश र स्थानीय सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन्।  धनगढी प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले कोरोनाको पीसीआर परीक्षणका लागि स्थापना गरिने प्रयोगशालाका लागि कम्ती चार वटा कोठा भएको भवन आवश्यक पर्ने बताए।

उनले पीसीआर मेसिन मात्र नभएर बायो सेफ्टी मेसिन लगायतका अन्य उपकरण समेत आवश्यक पर्ने भएकाले सबैको व्यवस्थापनका लागि छुट्टाछुट्टै कोठा चाहिने बताए। सुदूरपश्चिम प्रदेश सरकारले कैलाली, डोटी र बैतडीमा एकै साथ तीन वटा आरटी–पीसीआर मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न तयारी थालेको छ।

तर उक्त मेसिनहरु जडान गरि संञ्चालन गर्नका लागि चाहिले तयारी थाल्न ढिलाई भईरहेको छ। प्रयोगशाला संञ्चालन हुने सुदूर पहाडका जिल्ला अस्पतालहरुको अवस्था बुझ्न पनि वेवास्ता भईरहेको छ। प्रदेश सरकारले असार १० गते भित्रै कोरोना परीक्षणका लागि उक्त तीन वटा मेसिन संञ्चालन ल्याउने दावी गर्दै आएको छ। तर अस्पतालहरुको तयारीका आधारका उक्त मेसिनहरु तत्तकालै संञ्चालन गर्न नसकिने देखिएको छ।

जिल्ला अस्पताल बैतडीका मेसु डा. बसन्तराज जोशीले पीसीआर मेसिन आइहालेपनि तत्काल जडान गर्न सकिने अवस्था नहरेको बताए। उनले सानो ठाउँमा धेरै कुराको व्यवस्थापन गर्नुपर्ने भएकाले स्थानको टुङ्गो लगाउन केही समय लाग्ने जनाए। प्रदेश सरकारसँगै सुदूरपश्चिमका अधिकासं स्थानीय तहहरु पनि कोरोना प्रयोगशाला संञ्चालनका लागि आवश्यक पर्ने आरटी–पीसीआर मेसिन सहित अन्य उपकरण खरिदको कसरतमा जुटेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, बझाङका सबै स्थानीय तह सहित प्रदेशका अन्य पालिकाहरु पनि उपकरण खरिदकै दौडमा छन्। प्रयोगशाला स्थापना गर्नका लागि चाहिने थप तयारी गर्न कसैले पनि चसो देखिएको देखिन्न्। कञ्चनपुरको महाकाली अस्पतालका मेसु डा. हरीकुमार श्रेष्ठले प्रयोगशाला स्थापनाका लागि भौतिक संचरना बनाउन स्थान हेरिरहेको बताए।

सुदूरपश्चिम सरकारले संञ्चालनमा ल्याउने थप तीनबाट आरटी–पीसीआर मेसिन स्थापनाको तयारी थाल्न ढिलाई भईरहेका बेला स्थानीय तहहरुले प्रयोगशाला संञ्चालनका लागि निरन्तर छलफल भईरहेको दावी गरेका छन्।

डडेल्धुराको अमगरगढी नगरपालिकाका उप–मेयर संगीता भण्डारीले पनि प्रयोगशाला स्थापनाका लागि आवश्यक तयारी भइरहेको बताइन्। यो संगै प्रयोगशाला संञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा समेत प्रदेश र स्थानीय सरकार उदासिन देखिएका छन्।

अहिले सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने प्रयोगशाला अभावकै कारण हप्तौं सम्म हजार बढी नमुना थन्काउनु पर्ने बाध्यता छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस