धनगढीमा लकडाउनमा पनि भारतबाट तस्करी
धनगढी : धनगढीमा लकडाउनका क्रममा पनि सीमावर्ती भारतीय बजारबाट तस्करी हुने क्रम रोकिएको छैन्। विगतमा जिल्लाका विभिन्न नाकाहरुबाट वैध रुपमा सामानहरु आयात हुँदै आएको भएपनि कोरोनाको जोखिमलाई नियन्त्रण गर्न देशमा लकडाउनको घोषणा गरिए संगै सिमावर्ती भारतीय बजारहरुबाट अवैध रुपमा सामान ल्याउने क्रम बढेको हो।
लकडाउनका कारण सिमानाकाहरु बन्द भएपनि धनगढीका विभिन्न स्थानबाट किराना पसलका समाग्रीहरु अहिले रातीको समयमा तस्करी भईरहेको धनगढी जुगेडाका स्थानीय दिपेन्द्र सिंहले बताए। ‘राति १२ बजेपछि बढी तस्करी हुने गरेको छ,’ उनले भने, ‘यसले गर्दा हामी सीमामा बस्नेहरु निकै जोखिममा छौ।’
उप–महानगरपालिको वडा नम्बर १२ जुगेडा सि गाउमा रहेको खुटीया नाका बाट समेत रातीको समयमा तस्करी हुने गरेको गुनासो स्थानीयको छ। भारतीय व्यपारीले सुडा बजारबाट सीमासम्म पुगाउने र उत्त स्थानबाट स्थानीय व्यापारीले सुर्तीजन्य पदार्थ लगायतका अन्य सामान तस्करी गर्ने गरेको पाईएको छ।
तर सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले भने सुरक्षकर्मीको टोली २४ घण्टा नाकामै तैनाथ भएको दावी गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले कैलालीमा मात्र पाच सय बढी सशस्त्र प्रहरी परिचालन गरिएको बताए।
यता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले सीमा क्षेत्रमा हुने तस्करीलाई नियन्त्रण गर्नका लागि प्रहरी खाईएको र अवैध रुपमा तस्करी गर्नेलाई कारवाही गर्ने बताए।