सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाउने सरकारको निर्णय

२०७६ फाल्गुन १८, ०९:५३ खबर संवाददाता

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। पौडेल कात्तिक २०७३ देखि चीनका लागि राजदूत थिए। त्यसअघि ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरेको थियो।

तर, सरकार परिवर्तन भएपछि पुष्पकमल दाहाल प्रचण्ड सरकारले सो सिफारिस रद्द गर्दै पौडेललाई सिफारिस गरेको थियो।  

कमेन्ट लोड गर्नुस