कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पताल भर्ना
कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाका अनुसार आज आइतबार चीनबाट एकजना र कोरियाबाट तीनजना गरी चारजनालाई भर्ना गरिएको हो।
डा। बास्तोलाले भने,कोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो। भर्ना गरिएकाहरु सबै पुरुष हुन्। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ। तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन्। अन्नपूर्ण पोष्ट बाट