धनगढीमा मेरुदण्डको शल्यक्रिया सम्बन्धी गोष्ठी सम्पन्न

धनगढीः कैलालीको धनगढीमा मेरुदण्डको शल्यक्रिया सम्बन्धी गोष्ठी सम्पन्न भएको छ।
नेपालको स्पाइन सर्जनहरूको संघको सहकार्यमा स्पाइन (मेरुदण्ड) शल्यक्रिया सम्बन्धी गोष्ठी धनगढीस्थित रुबस होटलमा सम्पन्न भएको हो। सुदूरपश्चिम प्रदेशमै पहिलो पटक आयोजित उक्त गोष्ठीमा ६२ जना चिकित्सक, स्वास्थ्यकर्मी, तथा स्पाइन (मेरुदण्ड) विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहको स्पाइन सर्जनहरूको संघ सुदूरपश्चिम प्रदेशका प्रतिनिधि डक्टर ललित चौधरीले जानकारी दिए्। स्पाइन सम्बन्धी समस्याहरूको पहिचान र शल्यक्रिया प्रविधिका बारेमा जनचेतना फैलाउनुका लागी कार्यक्रमको आयोजना गरिएको हो। उक्त सम्मेलनले चिकित्सकीय क्षमताको विकासमा थप योगदान पुर्याउने डाक्टर ललित चौधरीले बताए।

गोष्ठीमा नेपालका ख्यातिप्राप्त स्पाइन सर्जनहरू, सहित नेपालका विभिन्न ठाउँ बाट आएका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यक्रम पश्चात् डाक्टर चौधरीले सुदूरपश्चिम प्रदेशमा उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नयाँ अध्यायको थालनी हुने कुरामा विश्वस्त गराए।


