सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो सुनको मूल्य

२०८१ चैत्र २८, ११:४७ खबर संवाददाता

काठमाडौँः नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा  पाँच हजार ७०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार प्रतितोला एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। साथै चाँदीको मूल्य पनि बढेको छ। बुधवार प्रतितोला एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार ९०० पुगेको छ।
 

कमेन्ट लोड गर्नुस