सुदूर नेपाललाई विश्वसँग जोड्दै

सात सयले घट्यो सुनचाँदीको मूल्य 

२०८२ वैशाख २, १२:४१ खबर संवाददाता

काठमाडौँः सुनको मूल्य सात सयले घटेको छ।

गत आइतवार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ। आइतवार प्रतितोला एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार ७०० ले घटेर एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदी तोलामा १५ घटेर  एक हजार ९४५ मा खरिदबिक्री हुनेछ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ।
 

कमेन्ट लोड गर्नुस