सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एयरलाइन्सको सेवा सोझै नेपाल–दक्षिण कोरिया सञ्चालनको माग

२०८१ चैत्र २६, ०१:१६ खबर संवाददाता

कोरिया: सुदूरपश्चिम समाज, दक्षिण कोरियाले नेपाल–कोरिया प्रत्यक्ष हवाई उडन सेवन सञ्चालनको माग गरेको छ। नेपाल एयरलाइन्स मार्फत कोरिया–नेपाल प्रत्यक्ष हवाई सेवा सञ्चालनको माग गरिएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई नेपाल एयरलाइन्स मार्फत कोरिया–नेपाल प्रत्यक्ष हवाई उडान सुरुवात गर्न समाजले माग गरेको छ। सुदूरपश्चिम समाज, दक्षिण कोरियाले पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीलाई ज्ञापनपत्र बुझाउदै नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले सेवा सञ्चालन गर्नुपर्ने माग गरिएको हो।

सुदूरपश्चिम समाजले तीन मागहरू राज्यमन्त्री समक्ष गरेको छ। नेपाल–दक्षिण कोरिया सिधैँ नेपाल एयरलाइन्सले सेवा दिनुपर्ने, सुदूरपश्चिमका सबै विमानस्थलहरू सञ्चालन गर्नुपर्ने र सुदूरपश्चिम प्रदेशमा प्रस्ताव गरिएका विमानस्थलमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजनको माग गरिएको हो।

राज्यमन्त्री चौधरीसँग सुदूरपश्चिमका विमास्थलहरूको विकास र सञ्चालनलाई राष्ट्रिय प्राथमिकतामा समेट्न माग गरिएको छ। सुदूरपश्चिमको पर्यटन विकासमा विमानस्थल सुधारले महत्वपूर्ण भूमिका खेल्ने दाबी समाजको छ।

कमेन्ट लोड गर्नुस