सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जनाको घरमा आगलागी, २ लाख बढीको क्षति

२०८१ चैत्र २४, ०७:३५ खबर संवाददाता

धनगढीः कैलालीमा एक जनाको घरमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–६ पानिमुला बस्ने महा लुहारको काठले बनेको टिनले छाएको २ कोठे कच्ची घरको भान्सा कोठाको चुलोमा बालेको आगोबाट आगलागी भएको प्रहरीले जनाएको छ।उक्त्र आगलागीबाट लुहारको घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा लगायतका सामानहरू गरी करिब २लाख ५० हजार मूल्य बराबरको क्षति जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस