सुदूरपश्चिमका पूर्वमन्त्री धामीले सञ्चालन गरे ‘डायमण्ड सेकुवा घर’

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री रमेशसिंह धामीले ‘डायमण्ड सेकुवा घर’ सञ्चालनमा ल्याएका छन्।
पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री धामीले धनगढीमा ‘डायमण्ड सेकुवा घर’ सञ्चालनमा ल्याएका हुन।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका धामीले धनगढी उपमहानगरपालिका–४ सहिद गेट हाटबजार नजिक ‘डायमण्ड सेकुवा घर’ सञ्चालनमा ल्याएका छन्। सेकुवा घरको बुधवार उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका धामीले सेकुवा घरमा सस्तो मूल्यमा स्वादिष्ठ बङ्गुर र बोइलर कुखुराको सेकुवा पाइने बताए।


उनले सात लाख लगानीमा सेकुवा घर सञ्चालनमा ल्याइएको बताएका छन्। चार जनालाई प्रत्यक्ष रोजगारी दिएको उनले बताए।
