निजामती कर्मचारी संगठन अछाममा नयाँ नेतृत्व चयन
अछामः नेपाल निजामती कर्मचारी संगठन अछामले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ।
संगठनको १२औं अधिवेशनले जगतबहादुर रावलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो। कमिटीको उपाध्यक्षमा कमलप्रसाद भण्डारी सचिवमा जनक बुढा, सह–सचिवमा खम्म नेपाली, कोषाध्यक्षमा लोकेन्द्र साउँद रहेका छन्।
यस्तै सदस्यहरुमा कृष्णाकुमारी थापा, रमेश विक, हेमन्तकुमार शाही, हिक्मत धामी, शिवराज ढुंगाना, पुष्पराज खनाल, कृष्णप्रसाद धमाला सर्वसम्मत रुपमा चयन भएका छन्। अधिवेशनले नरेन्द्रबहादुर शाहलाई केन्द्रीय र विष्णुप्रसाद जैसीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ। अधिवेशनमा संघ, प्रदेश र स्थानीय तहका गरेर विभिन्न स्थानीय तहबाट कर्मचारीको सहभागिता रहेको थियो।