धनगढी र जोशीपुरबाट भन्सार छलीका सामान बरामद
२०८१ माघ ७, ०८:१९
धनगढीः धनगढी र जोशीपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ बसन्त टोल र जोशीपुर गाउँपालिका–१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १२ हजार २ सय बराबरको सामान बरामद गरिएको छ। चिनी, बदाम, शेरमुनि, कुर्ता, सुर्ती, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस