सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ पुष १३, ०७:५२ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१ शान्तीनगर बस्ने २९ वर्षीय बिपिन मल्ल र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएकी टीकापुर नगरपालिका–१ बस्ने नारायणी देवी खत्री पक्राउ परेकी हुन्। जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए। उनीहरुलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस