कञ्चनपुरमा भन्सार छलीका बोईलर कुखुरा र माछा बरामद
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका बोईलर कुखुरा र माछा लगाएतका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवा जाने बाटो र बेलौरी–२ दिनापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ७४ हजार बराबरको मोबाईलका टेम्पर ग्लास, मोबाईल कभर, डिस्प्ले, बोईलर कुखुरा, माछा लगायतका सामान बरामद गरिएको हो।
उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।