सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गा प्रसाईंविरुद्ध ७ वर्ष कैद मागसहित साइबर मुद्दा दर्ता

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर २६, ०७:५१ खबर संवाददाता

काठमाडौंः मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ।

जिल्ला अदालत काठमाडौंमा बुधवार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो। प्रसाईंविरुद्ध दर्ता भएको मुद्दामा ७ वर्ष कैद सजाय माग गरिएको छ।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए। ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने फर्जी कागज देखाउँदै उनले पत्रकार सम्मेलन गरेका थिए।
 

कमेन्ट लोड गर्नुस